मतदातनकाे समस्या सुन्दै विकासमा प्रतिवद्भता जनाउदै नेकपा उम्मेदवार भण्डारी

मतदातनकाे समस्या सुन्दै विकासमा प्रतिवद्भता जनाउदै नेकपा उम्मेदवार भण्डारी

  • Kandara Samachar

  • शुक्रबार, फाल्गुन १, २०८२

  • 12
    SHARES
मतदातनकाे समस्या सुन्दै विकासमा प्रतिवद्भता जनाउदै नेकपा उम्मेदवार भण्डारी

धादिङ ।

धादिङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय भएका छन्।

स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्ने, जनजीविकाका समस्या सुन्ने र आगामी विकास योजनाबारे छलफल गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘तारा अभियान’ अन्तर्गत विभिन्न गाउँबस्तीमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो।

साधँ भञ्ज्याङ, काउले डाँडा, खत्री गाउँ, सालबास, देउराली, रामपुर, सिम्ले, धुर्सेनी, खरी मैदान, जौबारी, कालिका बराह हुँदै ढोला हटियासम्म उम्मेदवार भण्डारीले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए।

कार्यक्रमका क्रममा भण्डारीले “जनतासँग प्रत्यक्ष संवाद नै हाम्रो शक्ति हो। विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका सवालमा स्थानीयको आवाज सुन्न र समाधान खोज्न हामी मैदानमा उत्रिएका हौं,” भन्दै जनमुखी एजेण्डामा आफू प्रतिबद्ध रहेको बताए।

नेकपाले यस अभियानलाई जनताको घरदैलोमा पुगेर विश्वास जित्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ। स्थानीय नेतृत्व तथा कार्यकर्ताको व्यापक सहभागितासहित सम्पन्न कार्यक्रममा ज्वालामुखी क्षेत्रका गाउँबस्तीमा राजनीतिक उत्साह बढेको देखिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar