धादिङ ।
धादिङको विकासको दिर्घकालिन योजना बनाउने र प्रतिवद्धता पत्रमार्फत जिल्लाको विकास र समृद्धिको खाका बनाउने योजनामा लागि परेको रास्वपा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठले बताउनुभएको छ ।
हालसम्म जिल्लाको २० वर्षे रणनीति तयार नभएको र योजनाबद्ध विकास नभएको तर्फ उल्ल्ेख गर्दै रास्वपा उम्मेदवार श्रेष्ठलेसामाजिक सुरक्षा कार्यक्रम नागरिकले सेवा पाउनेगरि परिमार्जन गर्नु पर्ने, कृषि पर्यटनको विकास र विकासलाई संजालीकरण गर्ने योजनामा आफू रहेको बताउनुभयो । रिसर्च र इनोभेशनलाई अबलम्बन गरेर विकासका काम गर्ने निति बनाउन आफूले जनताको मत पाउने उल्ल्ेख गर्दै सुसंस्कृत राजनीति गरेर जनताको गुनासो र प्रश्न बुझ्दै गाउँगाउँ पुगेको श्रेष्ठकोभनाइ छ । सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा रास्वपा उम्मेदवार श्रेष्ठ, चुनाव परिचालन समितिका संयोजक डा. कृष्णमान शाक्य लगायतका रास्वपाका नेताहरु कार्यक्रममा सहभागि हुनुभएको थियो । रास्वपाले जनसम्बादको नामबाट त्रिपुरासुन्दरी, ज्वालामूखी, नीलकण्ठ, गंगाजमुना लगायतका स्थानमा मतदाताभेटघाट कार्यक्रम गरिसकेको छ ।