मतदाता भेटघाटमा धादिङ १ का एमाले उम्मेदवार सिद्धलेकको कुम्पुरमा

मतदाता भेटघाटमा धादिङ १ का एमाले उम्मेदवार सिद्धलेकको कुम्पुरमा

  • Kandara Samachar

  • आइतवार, माघ २६, २०८२

  • 31
    SHARES
मतदाता भेटघाटमा धादिङ १ का एमाले उम्मेदवार सिद्धलेकको कुम्पुरमा

धादिङ
मतदाता भेटघाटको क्रममा नेकपा एमालेका तर्फबाट धादिङ क्षेत्र नम्बर १ बाट  उममेदवार बन्नु भएका भूमि त्रिपाठी आइतबार सिद्धलेक गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर मतदातासंगथ भेटघाट गर्नुभएको छ ।
विकास समृद्धि र देशको हितका लागि एमालेमात्रले गर्ने भएकोले एमालेलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
सिद्धलेकका नेताहरुसहित सहभागि मतदाताभेटघाटका अबसरमा त्रिपाठीले बैकल्पििक राजमार्ग निर्माण सुरु गर्नका लागि पहल थालेको बताउँदै एमाले उम्मेदवार त्रिपाठीले आफू निर्वाचित भएपछि यस क्षेत्रको विकासका लागि बैकल्पििक राजमार्ग बनाउन पहल गर्ने, स्वासथ्य शिक्षा र ग्रामीण विकासका लागि पहल गर्ने उहाँको भनाइ छ ।
मतदाताभेटघाटको क्रममा स्याखुटार, कामराङ, पिपलडाँडा, खानीगाउँ, इर्जु, हटिया, कुम्पुरभञ्ज्याङ, बागबच्छला सानोपोखरी, चालिसे। टकटके, काली दहका क्षेत्रको मततादा घरघरमा पुगेर भेट्दा गाउँबासीले स्वागत गर्दै वृद्धहरुले आसिर्वाद समेत दिनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar