- सीताराम अधिकारी/धादिङ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भयरहित वातावरणमा मतदाताले आफ्नो मत आफैँ दिने व्यवस्थापन सहित फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने तयारीमा सरकार लागेको बताउनुभएको छ ।
निर्वाचन सुरक्षा सम्बन्धी अनुगमन गर्न धादिङ आइपुग्नु भएका गृहन्त्री अर्यालले सुरक्षाको सबैकिसिमले प्रबन्ध गरिएको बताउँदै मतदाता स्वयं पनि भय रहित मत दिनका लागि आस्वस्त हुनका लागि आग्रह गर्नुभयो ।
चुनावी सरकार भएकोले पक्षधरता नभएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले चुनावी सरकारले चुनाव गराएर मात्र विश्राम लिने बताउनुभयो ।
धादिङबेसी स्थित मूख्य निर्वाचन अधिकृत कार्यालयमा आयोजित एक कार्यक्रममा संचारकर्मीहरुको जिज्ञमसाको उत्तर दिँदै गृहमन्त्री अर्यालले पहिलेभन्दा पनि यो निर्वाचन बढी निष्पक्ष हुने दावी गर्नुभयो ।
गृहमन्त्री अर्यालले सबै राजनीतिक दल र सरोकारवालासंग समन्वय गरे सरकारले निर्वाचनको वातावरण बनाएको नागरिक, सन्तुष्ट बनाउँदै दलहरुको विस्वासमा निर्वाचन गरिने बताउनुभयो । निर्वाचनका लागि आएको सरकार विधिको शासनको बहाली गर्दै निर्वाचन सम्पन्न गर्ने अर्यालको भनाइ छ ।
धादिङ क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय गल्छीको निरिक्षण तथा अनुगमन गर्दै सुरक्षा अवस्था, मतपेटिका ओसारपसार, भण्डारण र मतगणना स्तलको समेत जानकारी लिँदै गृहन्त्री अर्यालले अनुगमन गर्नुभयो ।
क्षेत्र नम्बर २ को धादिङबेसीमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा सुरक्षा निकार्यप्रमुखहरु, निर्वाचन अधिकृतहरु, र जिल्ला निर्वाचन कार्यालय प्रमुख लगायतलाई निर्देशन दिँदैँ सम्पूर्ण रुपमा शान्ति सुरक्षाको वातावरण बनाउन निर्देशन दिनुभयो । गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमित खड्का, लगायतको सुरक्षा निकाय सहभागि हुनुभएको थियो ।
गृहमन्त्री अयर्णलले निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय समेतको अनुगमन गर्नुभयो ।