बुढिगण्डकि जलविद्युत परियाेजना बनाउन एमाले उम्मेदवार घलेले गरे हस्ताक्षर

बुढिगण्डकि जलविद्युत परियाेजना बनाउन एमाले उम्मेदवार घलेले गरे हस्ताक्षर

  • Kandara Samachar

  • शनिबार, माघ २५, २०८२

  • 47
    SHARES
बुढिगण्डकि जलविद्युत परियाेजना बनाउन एमाले उम्मेदवार घलेले गरे हस्ताक्षर
oplus_2

धादिङ

बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौँ धादिङ महोत्सवस्थलमा सञ्चालन भइरहेको  हस्ताक्षर अभियानलाई समर्थन गर्दै नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर घलेले हस्ताक्षर गर्नुभएको छ।

सम्सदमा चुनिएर गएपछि घलेले जसरी पनि परियाेजना निर्माणमा लाग्ने बताउनुभएको छ ।

घलेले शुक्रबार बुढीगण्की प्रभावितसंग चैनपुरका नागरिकसंग छलफल गर्दै प्रभावित परिवारकाे लागि सरकारकाे तर्फबाट गर्नुपर्ने कामकाे बारेमा छलफल गर्नुभयाे ।

घलेसँगै नेकपा एमाले धादिङका कार्यबाहक अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खाली, सचिव राधिका सापकोटा, उपसचिव भक्त बहादुर लामिछाने, नेता डा. रामकुमार अधिकारीसहित अन्य नेताहरूले पनि अभियानमा सहभागिता जनाउँदै हस्ताक्षर गर्नुभएको छ।

उक्त अभियानमार्फत बुढिगण्डकी आयोजना तत्काल कार्यान्वयनमा ल्याई स्थानीय विकास, रोजगारी सिर्जना र राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्‍याउन सरकारलाई दबाब दिने उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar