धादिङ ।
नेकपा एमालेले धादिङ जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि उम्मेदवार दर्ता गराउने भएको छ। पार्टीले धादिङ क्षेत्र नम्बर २ बाट पूर्व संविधानसभा सदस्य धनबहादुर घले र धादिङ क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष भूमि त्रिपाठीलाई उम्मेदवारका रूपमा अघि सारेको छ।
पार्टीको टिकट प्राप्त भएपछि दिउँसो २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराइने जिल्ला पार्टी सचिव राधिका सापकोटाले जानकारी दिनुभयो।
नेकपा एमालेले संगठन सुदृढीकरण, जनअपेक्षा सम्बोधन र विकासका मुद्दालाई केन्द्रमा राख्दै निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएको छ।