धादिङको एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

धादिङको एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

  • Kandara Samachar

  • सोमवार, माघ ६, २०८२

  • 101
    SHARES
धादिङको एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

धादिङ

नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएकाे छ ।

नेकपा एमाले धादिङ २ नम्बरकाे उम्मेदवार छनाैटमा विभेद गरेकाे भन्दै एमाले कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेकाे हाे ।

नेकपा एमाले केन्द्रीय सचिवालयले धादिङ क्षेत्र नम्बर २ का लागि संविधानसभा सदस्य समेत रहेका एमाले नेता धनबहादुर घलेलाई उम्मेदवार सिफारिस गरेकाे थियाे ।

तर साे निर्णय उल्टाउदै साेमबार घलेकाे नाम हटाएर चन्द्र रिजाललाई टिकट दिएपछि पहिलाकाे निर्णय कार्यान्वयन गर्न माग गर्दै तालाबन्दी गरेकाे झार्लाङका एमाले कार्यकर्ता इमान तामाङले जानकारी दिनुभयाे ।

गंगाजमुना, खनियाबास, रुबीभ्याली, त्रिपुरासुन्दरी, लगायतका एमाले कार्यकर्ताले तालाबन्दी गरि कार्यालयमा धर्ना समेत दिएका छन् ।

धनबहादुर घलेकाे नाममा पार्ले टिकट दिनुपर्ने र पछि गरिएकाे निर्णय सच्याउनुपर्ने एमाले २ नम्बर क्षेत्रका कार्यकर्ताकाे भनाई छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar