धादिङबेसी।
निर्वाचन कार्यालय धादिङले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि मतदाता नामावली संकलन गरिरहेकाे छ ।
मतदाता नामावलीमा नाम नभएका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराउन र मतदान केन्द्र हेरफेर गर्नुपर्ने भए मतदाताना नामावली स्थान सार्न आधिकारीक दस्तावेज सहित जिल्ला निर्वाचन कार्यालय धादिङमा सम्पर्क गर्न जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले जानकारी दिनुभएकाे छ ।
नाम दर्ता गर्न, मतदान केन्द्र परिवर्तन गर्न र नाम सच्याउने समय कात्तिक मसान्तसम्म ताेकिएकाे छ ।