“मेराे देशकाे अवस्था”

“मेराे देशकाे अवस्था”

  • Kandara Samachar

  • आइतवार, भदौ २२, २०८२

  • 276
    SHARES
“मेराे देशकाे अवस्था”

✍️ भवानी खतिवडा, गल्छी

यो देशका नेता र जनताको सम्बन्ध चिसिएको छ,

राजनीतिमा भ्रष्टाचार र वेथितीको गन्ध मिसिएको छ।

एउटा कमजोर भेटे पौठिजोरी खेल्ने चलन रहेछ यहाँ,

बलियो हुनुमा मात्र अर्थ दुर्बल त सधैं जसो पिसिएको छ,

 

यो देशका नेता र जनताको सम्बन्ध चिसिएको छ।।

अलि कडा भएर अडिग रहे टेकेको जमीन खन्छन् यहाँ,

झुट त रैछ अगाडि सर्ने सदा सत्यको घाँटी थिचीएको छ,

यो देशका नेता र जनताको सम्बन्ध चिसिएको छ,।।।

 

स्वार्थ नलिई रहुँला सानले भनी सोच्यौ र अन्जानमा,

नसम्झनु सत्यले बाचुला भनी सत्य त किचिएको छ,

यो देशको नेता र जनताको सम्बन्ध चिसिएको छ।

यो देशकालनेता र जनताको सम्बन्ध चिसिएको


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar