नेपालको निर्यातमा ऐतिहासिक वृद्धि

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि

  • Kandara Samachar

  • बिहिबार, साउन ९, २०८२

  • 158
    SHARES
नेपालको निर्यातमा ऐतिहासिक वृद्धि

काठमाडौं,  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गर्नुभएको छ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ। ‌ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्दै भन्नुभएको छ, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ ।’

उहाँका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो। ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ,’ ओलीले उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएकाे छ। निर्यात वृद्धिको यो तथ्याङ्कले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको जनाइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar