
धादिङ ।
चिनियाँ भुभागमा परेकाे अबिरल वरणषाले आएकाे वाढिले रसुवागढि स्थित मितेरी पुल वगाएकाे छ ।भने धादिङकाे त्रिशूली नदी तटीय क्षेत्रमा बसाेबास गर्नेलाई सावधानी अपनउन आग्रह गरिएकाे छ ।
चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल वगाएपछि सुख्खा वन्दरगाह मा रहेकाे भन्सार हुन राखिएकाे कन्टेर लगाएत विधुतिय साना ठुला ईभिगाडि सयाैकाे संख्यामा रहेका संरचना नष्ट भएका छन ।
सुख्खा वन्दरगाह नष्ट भएकाे छ साे क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
त्यहाँ वाट वगेकाे वाढिले थप हानि नहाेस भन्नका लागि उच्चस्तरीय सर्तकता अपनाउन सवैलाई आग्रह गरिएकाे छ ।
त्रिशूली नदीमा बाढि ठुलाे आएकाेले नदि तटीय क्षेत्रमा बसाेबास गर्नेलाई सुरक्षित रहन र विपद परेका तत्काल सुरक्षा निकाय र उद्धारकर्तालाई खबर गर्न आग्रह गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आग्रह गर्नुभएकाे छ ।