धादिङको नेकपा एमाले प्रतिनिधि परिषद बैठक उद्घाटन गर्न  वरिष्ठ उपाध्यक्ष पोखरेल आउने

धादिङको नेकपा एमाले प्रतिनिधि परिषद बैठक उद्घाटन गर्न  वरिष्ठ उपाध्यक्ष पोखरेल आउने

  • Kandara Samachar

  • बिहिबार, असार ५, २०८२

  • 668
    SHARES
धादिङको नेकपा एमाले प्रतिनिधि परिषद बैठक उद्घाटन गर्न  वरिष्ठ उपाध्यक्ष पोखरेल आउने

धादिङ ।

नेकपा एमाले धादिङ जिल्ला कमिटीले असार ७ गते प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ।

बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागि प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरू तथा विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी जम्मा ५७८ जना सहभागी हुने जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुभयाे ।

बैठकमा पार्टीको हालसम्मको कामकाजको समीक्षा, आगामी कार्ययोजना निर्माण, विधान संशोधनसम्बन्धी सुझाव संकलन लगायतका विषयमा समुहगत छलफल हुने बताइएको छ। कार्यक्रममा प्रत्येक पालिका अनुसार समूहगत छलफल गरी प्रस्तुती दिने व्यवस्था मिलाइएको छ।

सचिव सापकोटाका अनुसार, बैठकले पार्टीभित्रको संगठनात्मक सुदृढीकरणका साथै आगामी गतिविधिलाई प्रभावकारी बनाउन मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar