अन्तर्राष्ट्रिय कराते वान प्रिमियर लिगमा धादिङकि एरिकाले जितिन् कांस्य

अन्तर्राष्ट्रिय कराते वान प्रिमियर लिगमा धादिङकि एरिकाले जितिन् कांस्य

  • Kandara Samachar

  • बुधबार, जेष्ठ २२, २०८२

  • 151
    SHARES
अन्तर्राष्ट्रिय कराते वान प्रिमियर लिगमा धादिङकि एरिकाले जितिन् कांस्य

काठमाडौं 

नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् ।

उनले महिला ६८ केजीमाथी तौल समूहमा आइतबार कांस्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराएर कांस्य जितेको छ । सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा पराजित भएपछि एरिकाले कांस्य पदकका लागि खेलेकी हुन् ।

विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने करातेको विश्वकै प्रतिष्ठित लिग माने कराते वान प्रिमियर लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी छन् ।
एरिकाले कराते वान प्रिमियर लिगमा पहिलो पटक छनोट हुँदै ऐतिहासिक सफलता हात पारेकी हुन् । पछिल्लो समय एरिका नेपाली खेलकुदको स्टारको रुपमा छिन् । उनले १९औं एसियन गेम्स र एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिसकेकी छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar