साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्छ : एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्छ : एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

  • Kandara Samachar

  • शुक्रबार, चैत्र २८, २०८१

  • 42
    SHARES
साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्छ : एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

काठमाडौं ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्ने बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा साहित्य सम्मेलनको शुक्रबार उद्घाटन गर्दै ढकालले साहित्य र कलाले राष्ट्र र राष्ट्रियताको निम्ति योगदान दिनु पर्ने बताउनुभयो । सकारात्मक आलोचना र रचनात्मक कामले देश निर्माणको लागि काम गर्नेलाई सहयोग पुग्ने ढकालले बताउनुभयो । ‘तपाईँहरूले गर्नुभएको आलोचनाले नीति निर्माण गर्ने र देशको नेतृत्व गर्नेहरूलाई कमी कमजोरी छन् भने हटाएर सद्बुद्धिमा आउन पनि सहयोग नै पुग्दछ’, उहाँले भन्नुभयो ।
उहाँले कुनै पनि क्षेत्र र विधामा हरेस नखाई लाग्नु पर्ने बताउनुभयो । साहित्यको दुई लाइनले पनि धेरै सन्देश दिने बताउँदै उहाँले साहित्यमा लाग्नेले पनि हरेस नखाई आफ्नो क्षेत्रमा निरन्तरता दिनु पर्ने बताउनुभयो ।
अहिले समाजमा विशृङ्खलता देखिएको बताउँदै उहाँले यसका विरुद्ध युवाले काम गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यको माध्यमबाट मुलुकमा देखिएको सामाजिक अराजकतालाई हटाउन सकिने उहाँको धारणा छ । ‘राजनीतिमा गालीको खेती मात्र हुन्छ भन्ने कुरालाई न्यूनीकरण गर्ने कुरामा यसले योगदान पुगोस्’, उहाँले भन्नुभयो ।
उहाँले पार्टीको तर्फबाट बैशाख ११ गते लोकतन्त्र प्राप्तिको दिन युवा मार्चपास कार्यक्रम समेत राखिएको जानकारी दिँदै सो कार्यक्रममा सहभागिताको लागि आमन्त्रण गर्नुभयो । राष्ट्रिय युवा संघ नेपाललाई युवालाई रचनात्मक काममा जोड्न उहाँले आग्रह गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar