
काठमाडौ ।
प्रगतिशील लेखक संघ (प्रलेस) काे १३ औँ राष्ट्रिय सम्मेलनले डा. देवी दुलाल क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेकाे छ ।
चैत्र २३ र २४ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न राष्ट्रिय सम्मेलनले धादिङकी युवा साहित्यकार सृजना अर्याललाई केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित गरेकाे छ ।
विशेष गरी छन्द कविता, नाटक, गीत तथा गजलमा कलम चलाउँदै आएकी अर्याल यसअघि पनि धादिङ प्रलेसका विभिन्न भूमिकामा रहेर काम गर्नुभएकाे छ ।
जिल्लामा रहेर साहित्यिक गतिविधिमा अगुवा भूमिका निर्वाह गर्दै आउनुभएकी अर्याल धादिङ सिर्जना प्रतिष्ठानकी अध्यक्षसमेत हुनुहुन्छ साथै नीलकण्ठ प्रज्ञा प्रतिष्ठानकी सदस्य र अन्य विभिन्न संस्थाहरूमा रहेर काम गर्दै आफूलाई अब्बल सावित गर्न सफल हुनुभएकाे छ । प्रलेसले ४६ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरेकाे छ ।