गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

  • Kandara Samachar

  • आइतवार, चैत्र २३, २०८१

  • 116
    SHARES
गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पाेखरा

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक गण्डकी  शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ ।

आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो ।

संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसकने महत्व,यज्ञको महिमा,हवनको महिमा,कोटिहोम महायज्ञको उदेश्य तलायतको विषयमा जानकारी दिएका थिए ।

त्यसको साथै कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर,मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायतको बिषयमा पनि जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar