धादिङमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम घुम्ती शिविर संचालन

धादिङमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम घुम्ती शिविर संचालन

  • Kandara Samachar

  • मङ्लबार, माघ २९, २०८१

  • 165
    SHARES
धादिङमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम घुम्ती शिविर  संचालन

अशाेक श्रेष्ठ /धादिङ ।

दुर्गम क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र अनलाइन सञ्चार माध्यम दर्तानविकरण घुम्ती शिविर धादिङबेसीमा साेमबार सम्पन्न भएकाे छ्

 

सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा आयोजित कार्यक्रममा प्रेस प्रतिनिधी प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता नविकरण सम्बन्धी घुम्ती शिविर कार्यक्रम सञ्चालन थियो ।

 शिविरमा २ अनलाईन दर्ता, २ अनलाईन नवीकरण, १८ जनाको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको थियो ।

 

क्षमता अभिवृद्धि तालिममा समाचारको आधारभूत ज्ञान, अन्तरर्वार्ता, मोबाईल जर्नालिजमका बारेमा डा. विजय कुमार मिश्र र रामशुभक महतोले सहजीकरण गर्नुभएको थियो ।

पत्रकार महासंघकाे हलमा संचालित  ३ दिने तालिममा ४४ जना पत्रकारहरुको सहभागीता थियो ।

कार्यक्रमकाे उद्घाटन  नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद  ढुंगानाकाे प्रमुख आतिथ्यमामा भएकाे थियाे ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम समानकाे अबसरमा सूचना तथा प्रसारण विभागका निर्देशक पुर्णिमा उपाध्याय, प्रशिक्षक डा. विजय मिश्र, नेपाल पत्रकार महासंघ धादिङका सल्लाहकार राजन अधिकारी, पत्रकार पाेषनाथ अधिकारी, लगायतले शुभकामना दिनुभयाे ।सहभागिहरुलाई प्रमाणपत्रवितरण गर्दै सुचनातथा प्रससारण विभागका निर्देेशक उपाध्यायले अहिले सिकेका अनुहार पछिका ठुला पत्रकार हुने आशा व्यक्त गर्दैद तालिमकाे समापनले सिकाईकाे सुरुवात भएकाे बताउनुभयो ।

सुचना तथा संचार विभागका निर्देशक उपाध्याय सहितकाे टिमलाई मायाँकाे चिनाे नेिाल पत्रकार महांघ धादिङकाे तर्फबनट अध्यक्ष अधिकारीले दिनुभयएकाे थियाे ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar