रिटर्नी फेडेरेशन धादिङमा सुदर्शन कँडेल

रिटर्नी फेडेरेशन धादिङमा सुदर्शन कँडेल

  • Kandara Samachar

  • आइतवार, माघ २०, २०८१

  • 170
    SHARES
रिटर्नी फेडेरेशन धादिङमा सुदर्शन कँडेल

धादिङ

रिटर्नी फेडेरेशन नेपाल, धादिङको दोश्रो जिल्ला अधिवेशन धादिङबेसी नेकपा एमाले पार्टी कार्यालयका शनिबार सम्पन्न भएको छ ।
मायाँनाथ सिलवालको अध्यक्षतामा भएको अधिवेशनले सुदर्शन कँडेलको अध्यक्षतामा कार्यसमितिको निर्वाचन गरेको छ ।
१९ सदसीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा अकिल तिमल्सीना, जगतमान कुमाल, सचिवमा राममायाँ श्रेष्ठ, उपसचिवमा सुुब्बा जम्कट्टेल, कोषाध्यक्ष प्रेम कुमार श्रेष्ठ, र सदस्यहरुमा भरत पौडेल, ज्ञानबहादुर माझी, रामबहादुर गैरे, दिपक लामीछाने, शिव खत्री, गणेशकुमार श्रेष्ठ, रामजी इटनी, जितेन्द्र थपलिया, मोहनबहादुर मल्ल, गोरे मल्ल, गोपाल तामाङ, अर्जुन इटनी, निर्वाचित हुनुुभएको छ ।
विदेशमा श्रमस्वीकृति लिएर काम गरि नेपाल फर्केका एमाले कार्यकर्ताहरुको संगठनको रुपमा रहेको रिटर्नी फेडेरेशनको उद्घाटन समारोहमा नेकपा उमाले केद्रीय सदस्य खेम लोहनी, रिटर्नी फेडेरेशनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारी, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा लगायतले शुुभकामना व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar