धादिङ ।
सदरमुकाम धादिङबेसीबाट निस्काशन हुने कुहिने फाेहाेरलाई माेहाेर बनाएर बजार लान सुरु गरिएकाे उद्याेगकाे अवलाेनमा आएका युवाहरु यसलाई सरकारका निकायहरुले पछ्याउनुपर्ने बताएका छन् ।
नीलकण्ठ नगरपालिकाले धादिङबेसी क्षेत्रकाे कुहिने फाेहाेरलाई कम्पाेष्ट मल बनाउन थालेपछि सिकाईकालागि आउनेहरुकाे भिड लाग्न थालेकाे छ ।
टिडिएच जर्मनकाे सहयाेगमा सिविसले संचालन गरेकाे “स्थानीय देखि विश्वव्यापी” परियाेजनामा आवद्ध हेटाैँडा, माणी, र नीलकण्ठ का ६० जना युवाहरुले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा संचालित कम्पाेष्ट मल बनाउने उद्योगकाे अवलाेकन गरेका छन् ।
जलवायु अनुकुलन मानिने कम्पाेष्ट मल माग समेत बढेकाे पाईन्छ । उर्बर जमीन बनाउने र वातावरणमैत्री भएकाेले पनि बजारबाट कुहिने फाेहाेर लगेर माेहर बनाउने काम उदाहरणीय भएकाे अनुभविहरुकाे भनाई छ ।
अवलाेकनमा सहभागिहरुका लागि २ दिने हरित उद्यम तालिम संचालन भएकाे सिविसका इश्वरी काेईरालाले बताउनुभयाे ।