सिमा सुरक्षामा सशस्त्र प्रहरी र स्थानीयकाे भुमिकामा वक्तृत्वकला

सिमा सुरक्षामा सशस्त्र प्रहरी र स्थानीयकाे भुमिकामा वक्तृत्वकला

  • Kandara Samachar

  • शुक्रबार, पुस १९, २०८१

  • 81
    SHARES
सिमा सुरक्षामा सशस्त्र प्रहरी र स्थानीयकाे भुमिकामा वक्तृत्वकला

वक्तृत्वकलामा प्रशंसा श्रेष्ठ प्रथम

धादिङ ।

सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म धादिङको आयोजनामा धादिङबेसीमा नीलकण्ठ नगरपालिका माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
“सिमा सुरक्षामा स्थानीयबासी र सशस्त्र प्रहरीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा नीलकण्ठ नगरपालिका क्षेत्रका ९ विद्यालयका १६ जना छात्र छात्राले भाग लिएका थिए ।
प्रतियाेगितामा सहभागिहरुले सिमा सुरक्षामा स्थानीय बासी र सशस्त्र प्रहरीकाे महत्वपुर्ण भुमिका हुने बताएका छन् ।
२४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अबसरमा आयोजित प्रतियोगितामा सुनौलो भैरबी माध्यामिक विद्यालयका प्रशंसा श्रेष्ठ प्रथम, सुनौलो भैरबी माध्यामिक विद्यालयका संजिवनी पोखरेल द्वितिय र नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कृति श्रेष्ठ तृतिय हुनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, शिक्षा विकास तथा समन्वय इकाका प्रमुख भुमिलाल शर्मा सुवेदी, सशस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया, नीलकण्ठ बहुमुखी क्याम्पसका प्राधापक डा. नविनबन्धु पहाडी लगायतले सम्बोधन गर्दै सशस्त्र प्रहरी र यसले गरिरहेको कामबारे जानकारी दिँदै सकारात्मक भएर असल काम गर्न आग्रह गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar