शैक्षिक सामाग्री प्रदर्शशनीमा पासाङचोक मावि प्रथम

शैक्षिक सामाग्री प्रदर्शशनीमा पासाङचोक मावि प्रथम

  • Kandara Samachar

  • शुक्रबार, पुस १२, २०८१

  • 347
    SHARES
शैक्षिक सामाग्री प्रदर्शशनीमा पासाङचोक मावि प्रथम

धादिङ

धादिङजिल्लाको माध्यामि विद्यालय स्तरीय शैक्षिक सामाग्री प्रदर्शनीमा गंगाजमुना गाृँपालिकाको पासाङचोक मावि प्रथम भएको छ ।
विद्यार्थीहरुले विद्यालयमा सिकेका सिप र शिक्षालाई मध्यनजर गर्दै कक्षा १० मा अध्यायनरत श्रेया तामाङ र पल्छिन तामाङले बनाएको हाइडोलिक लिफ्ट र स्थानीय पुराना सामाग्री प्रदर्शनी गरेका थिए । धादिङबेसीको नीलकण्ठ माध्यामिक विद्यालयमा भएको प्रदर्शनीमा नीलकण्ठ मावि द्वितिय, महेन्द्र बाराही मावि तृतिय र रानीपौवा मावि सल्यानटार सान्त्वना भएको छ ।

जिल्लाका १२ गाउँपालिका सहभागि भएको प्रदर्शनीमा पुरस्कृत र सहभागि सबैलाई पुरस्कार र तथा प्रमाणपत्र जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले वितरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख अधिकारीले शिक्षकहरु विज्ञानको धारण भएको हुनुपर्ने बताउनुुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar