धादिङ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको स्वागत गर्दै आइतबार बेलुका धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधीलाई लैंगिक हिंसा विरुद्धको अभियानको रुपमा मनाउन विभिन्न मानवअधिकार संघसंस्थाको सहकार्यमा नीलकण्ठ नगरपालिकाले दिप प्रज्ज्वलन गरेको हो ।
लिंगको आधारमा हुने हिंसा अन्त्य गर्न सूचना, सन्देश दिने र हिंसा विरुद्ध एकतावद्ध भएर लाग्ने अभियान भएकोले सबै मिलेर लैंगिकताको आधारमा हुने हिंसा अन्त्य गर्नु पर्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विकले बताउनुभयो । दिप प्रज्ज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, महिला मानवअधिकार रक्षक गायत्री खतिवडा लगायतले महिलामाथी हुने हिंसाको अन्त्यका लागि नागरिक समाज र सरकारसंगै लाग्नु पर्ने बताउनुभयो ।