कुम्पुरकाे बुलेराे दुर्घटनामा १० घाईते

कुम्पुरकाे बुलेराे दुर्घटनामा १० घाईते

  • Kandara Samachar

  • मङ्लबार, अशोज २२, २०८१

  • 276
    SHARES
कुम्पुरकाे बुलेराे दुर्घटनामा १० घाईते

धादिङ

धादिङको सिद्दलेक गाउँपालिका–६ र ५ सिमानामा पर्ने साविक कुम्पुर गाविसकाे पिप्ले नजिकै मंगलबार साँझ बोलेरो दूर्घटना हुँदा १० जना घाइते भएका छन् ।
धादिङबेसी मलेखु सडकखण्डकाे परेवाटारबाट खाद्यान्न र यात्रु साधारण बोकेर रैकरतर्फ जाँदै गरेको बोलेरो ग १ ज ७८६७ नम्बरको बलेराे जीप दूर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी निरिक्षक प्रहाद सिलवालले बताउनुभयाे ।
घाइतेमध्ये ९ जनालाई धादिङ अस्पताल उपचारका लागि लगिएको स्थानीय उद्धारकर्मी राजु उपाध्यायले जानकारी दिनुभयाे । सबै घाइतेको धादिङ अस्पतालमा उपचार भईरहेकाे छ ।
घाइतेहुनेहरुमा वडा नम्बर ५ निवासी ३७ वर्षीया प्रमिला घले, ४५ वर्षीया रस्मिला विक गम्भीर, ३५ वर्षीय मिलन श्रेष्ठ, ३५ वर्षीया चेली घले, २१ वर्षीया अनिता गुरुङ, ३० वर्षीय पदम वहादुर श्रेष्ठ, ४० वर्षीया कल्पना नगरकाेटी, ४२ वर्षीय राजेन्द्र नगरकाेटी गम्भीर, वडा नम्बर ६ का ९ वर्षीय नर बहादुर घले रहेका छन् । राजेन्द्र नगरकाेटी र रस्मिला विक गम्भीर घाईते छन् ।
अन्यकाे पनि उपचारका लनगि स्थानीय अस्पतालमा लगिएकाे छ । घटना राती भएकाे र सबै गाउले दशैकाे किनमेल गरेर घर फर्किँदै गरेका थिए । सामान सहित १८ जना यात्रु रहेकाेमा धेरै जना गाडीबाट हामफालेका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar