एकै परिवारका तिनपुस्ताको तीन कृति विमोचन

एकै परिवारका तिनपुस्ताको तीन कृति विमोचन

  • Kandara Samachar

  • शनिबार, भदौ १, २०८१

  • 778
    SHARES
एकै परिवारका तिनपुस्ताको तीन कृति विमोचन

धादि󠅉ङ
एकै परिवारका तिन पुस्तको छुट्टाछुटै कृतिको शनिबार धादिङबेसीमा विमोचन गरिएको छ ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ का शालिग्रम अर्यालको पुरानो पोको कबिता संग्रह, उहाँको छोरी सृजना अर्यालको मुर्दा घर नाटक र सृजनाको छोरा सजल अधिकारीको अस्तित्व नामक र्याप गितको अडियो एक साथ वरिष्ठ साहित्यकार प्राज्ञ नरनाथ लुइटेलले विमोचन गर्नुभएको हो ।
२०३६ सालदेखि २०७५ सम्म शालिग्रम अर्यालले रचना गर्नुभएका ८१ ओटा कबिता रहेको पुरानो पोको कविता संग्रहमा देशमा तत्कालित अवस्थाको अव्यवस्था विकास र पंचायति तानाशाह लगायतका विषयवस्तुमा लेखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी लुइटेलले कविताले तत्कालिन अवस्थाको चित्रण गर्दै बैचारिक मुल्यमा खरो रहेको बताउनुभयो । कवितामा आन्दोलन, व्यंग, पारिवारिक राजनीतिक आर्थिक सामाजिक आदी विषयवस्तुमा समावेश गरेर लेखिएकोले यसलाई राम्रो पुस्तकको रुपमा लिनुपर्ने लुइटेलले बताउनुभयो ।
महिललाले भोगेका समस्या र पारिवारिक द्वन्द्व आदी विषय समेटिएको मुर्दाघर नाटक कितावको विमोचन गरिएको थियो ।
मान्छेका मनोतुष्टीहरुको सन्तुष्टी नहुँदा घर मसानघाट हुने नाटकको समिक्षा गर्दै साहित्यकार नविनबन्धु दहालले बताउनुभयो ।
छोरालाई मायाँ गर्ने, छोरीलाई मायाँ गर्ने तर बुहारीलाई हेलाँ गर्ने गर्दा घर मुर्दाघर हुने सन्देश सहितको नाटकले वर्तमान समाजको प्रतिविम्ब देखाएको दहालको भनाइ छ ।
सृजनाका छोरा सजल अधिकारीको अस्तित्व नामक गिती अडियो सो अबसरमा बिमोचन गरियो ।
युवा वर्गमा हुने मनोभावबारे गाइएको र्याप गित रहेको गितको लेखन र स्वर सजल अधिकारीको रहेको छ भने संगित अडियो सपले दिएको छ ।
एउटा संयोगको रुपमा एकै घरमा तिन पुस्तको कृतिाहरु प्रकाशन भएको कार्यक्रममा साहित्यकार बद्री दहाल, नविनबन्धु पहाडी, कृष्ण अर्याल, रामबहाादुर भण्डारी, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । धादिङ सिर्जना प्रतिष्ठानको वार्षिक साधारणसभा र कृति विमोेचन कार्यक्रमको प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय साहित्यकारहरुले कवता बाचन गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar