बूढानीलकण्ठमा देउवा-ओलीबीच २ घण्टा छलफल

बूढानीलकण्ठमा देउवा-ओलीबीच २ घण्टा छलफल

  • Kandara Samachar

  • बुधबार, असार २७, २०८१

  • 93
    SHARES
बूढानीलकण्ठमा देउवा-ओलीबीच २ घण्टा छलफल

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

करिब दुई घण्टा भएको छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी थिए ।

कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि नयाँ सरकार गठनका लागि छलफल निरन्तर चलिरहेको छ भने उनीहरुको तर्फबाट ककसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar