राजमार्ग बन्द गरेर धमाधम पुल निर्माण

राजमार्ग बन्द गरेर धमाधम पुल निर्माण

  • Kandara Samachar

  • बुधबार, असार २७, २०८१

  • 113
    SHARES
राजमार्ग बन्द गरेर धमाधम पुल निर्माण

सुदिप अधिकारी /गल्छी

पृथ्वीराजमार्गको नौबिसे-मलेखु सडकखण्ड रातिको समयमा १५ दिन राजमार्ग बन्द गरेर धमाधम पुल निर्माण गरिने भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोलाको पुल गर्डर लन्चिङ कार्य भएकोले सडक बन्द गर्न लागिएको सडक निर्माण आयाेजनाले सुचना जारि गरेर जनाएकाे छ ।
असार २६ गते देखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका राजमार्ग बन्द रहने आयाेजना कार्यालयले जनाएको छ ।
सो समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको जनाईएको छ ।
बन्द रहने अबधिका लागि वैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने बताइएको छ ।
राजमार्ग छिटाे निर्माण गर्न दवाव परिरहेकाेले केहिमात्र सवारि साधन संचालन हुने समयमा काम गर्न लागिएकाे अायाेजनाले जनायाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar