साहित्यलाई समाजसंग जाेड्न आग्रह, प्रज्ञा प्रवाह विमाेचन,

साहित्यलाई समाजसंग जाेड्न आग्रह, प्रज्ञा प्रवाह विमाेचन,

  • Kandara Samachar

  • आइतवार, माघ २८, २०८०

  • 234
    SHARES
साहित्यलाई समाजसंग जाेड्न आग्रह,  प्रज्ञा प्रवाह विमाेचन,

धादिङ ।
नीलकण्ठ नगरपालिकाले गठन गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्रज्ञा प्रवाह नामक ग्रन्थको प्रकाशन गरेको छ ।
नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले पुस्तकको विमाेचन गर्दै प्रज्ञा प्रतिष्ठानले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाइ नगरपालिकाले अनुदान दिने गरेको बताउनुुभयो ।
शिक्षा, र साहित्यलाई जोड्नका लागि प्रज्ञा प्रतिष्ठानले काम गर्नु पर्ने र यसका लागि कार्ययोजना बनाएर बजेट आवस्यकता अनुसार कार्यान्वयन गर्न आग्रह गर्नुुभयो ।
प्रज्ञा प्रवाह पुस्तक विमोचन तथा प्रज्ञा सभाको दोश्रो बैठक कार्यक्रमलाई सम्बोधन गर्दै ब्यंगकार तथा प्राधापक नरनाथ लुुइटेलले धादिङको हास्यव्यंगमा केशवराज पिडाली, कृष्णप्रसाद चापागाइँ लगायतले सुरु गरेकोले साहित्यलाई व्यंगको रस पनि दिनुपर्ने बताउनुुभयो । साहित्यलाई समाजसंग जोड्नका नसिकेकाले मानिसले साहित्यलाई वास्ता नगरेको भन्दै समाजसंग जोडेकार्यक्रम ल्याउन सो अबसरमा आग्रह गरियो ।

वरिष्ठ साहित्यकार राममणि दुवाडी, डा. रामहरि शर्मा लम्साल लगायतले शुुभकामना व्यक्त गर्नुुभयो ।
४ सय २२ पृष्ठको प्रज्ञा प्रवाहमा एक अन्तरवार्ता, ९ ओटा अनुसन्धनात्मक लेख, २६ओटा आलेख, ११ ओटा गीतकविता गजल, प्रतियोगिताका ४ कविता र ४ निबन्ध समाबेश गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar