धादिङमा जाँच गर्नआएका मध्ये ७५ प्रतिशतमा आँखा पाक्ने रोग

धादिङमा जाँच गर्नआएका मध्ये ७५ प्रतिशतमा आँखा पाक्ने रोग

  • Kandara Samachar

  • आइतवार, साउन २१, २०८०

  • 281
    SHARES
धादिङमा जाँच गर्नआएका मध्ये ७५ प्रतिशतमा आँखा पाक्ने रोग

-सीताराम अधिकारी
धादिङ । २१ साउन
डेंगीलेमहामारीको रुप लिएर अस्पताल भरिभराउ भएको बेला धादिङमा आँखा पाक्ने रोगको विरामी बढ्न थालेको छ ।
सामुदायिक आँखा केन्द्र धादिङबेसीको तथ्यांक हेदा आाखा पाकेरआउनेविरामीको संख्या आँखाको समस्या लिएरआएका विरामीको तुलनामा आधाभन्दा बढी रहेको पाइएको छ ।
अघिल्लो हप्ता दैनिक ५० भन्दा बढी आँखा जाँचका लागि सामुदायिक आँखा केन्द्र धादिङबेसी आउने गरेकोमा यस हप्ता विरामीको स.ख्या बढेको छ । भाइरसको कारण हुने भएकोले यसबाट बच्नका लागि सामुदायिक आाखा केन्द्रमा आउने विरामीको स.ख्या यस हप्ता ७५ प्रतिशत आँखा पाक्ने रोक लिएर आएको सामुदायिक आँखा केन्द्र धादिङका नेत्र विषेशज्ञ डा.रामसिंह तामाङले जानकारी दिनुभयो ।
आँखा पोल्ने, एक्कासी आँखा रातो हुने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने विरामीको संख्या एक सातादेखि झण्डै दोब्बरले बढ्ने गरेको छ।
आँखाको सेतो भागमा हुने संक्रमण अहिले भाइरलको रुपमा देखा परेको हो । एक आपसमा सर्ने किसिमको आँखा पाक्नेरोग बच्नका लागि सबैले सरसफाइमा ध्यान दिन, आँखामा चिप्रा लाग्न नदिन र सफा पानीले पखालेर आँखालाई स्वस्थ राख्न नेत्र विषेशज्ञ तामाङको आग्रह छ ।
धेरै पोल्ने समेत हुने हुनाले आँखालाई बरफलेसमेत सेक्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
विरामीको संख्या यसरी बढेको पाइएकोले समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको डा. तामाङको भनाइ छ ।
अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा बिरामीको चाप बढेको छ । प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ ।

आँखामा संक्रमित भएका मानिसहरुमा आँखा रातो हुने, घाममा हेर्न गाह्रो हुने, आँखाको भित्री जालो रातो हुने समस्या लक्षण देखिने गरेको छ । गाउँ गाउँमा रहेका आँखा केन्द्रहरुमा पनि आँखा जचाउन आउनेको संख्या बढेको स्वास्थ्यकर्र्मीहरुले जानकारी दिनुभएको छ।

हाल जिल्ला सदरमुकाम धादिङबेसी आसपासमा यो रोग बढी देखिएको छ । विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकोले प्रकोपको रुप लिन सक्ने भएकोले सचेत रहन चिकित्सकहरुले आग्रह छ ।
सीताराम अधिकारी


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar