
धादिङ ।
सीमावर्ती सुरक्षा मजबुत पार्न, स्थानीयलाई सुरक्षा दिन, तस्करी तथा चाेरी निकासी राेकेर सुरक्षा प्रणालीलाई सुदृढ बनाउन रुबीभ्याली गाउँपालिका उत्तरी धादिङको रुबीभ्याली गाउँ पालिका वडा नम्बर १ तिप्लिङकाे लब्दुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल ( बोर्डर आउट पोष्ट (विओपी) काे शुक्रवार स्थापना गरिएको छ ।
गृह मन्त्री रमेश लेखक र कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले चिनसंग सिमान जाेडिएकाे तिप्लिङमा बिअाेपिकाे उद्घाटन गर्दै अवाञ्छित गतिविधि नियन्त्रणमा टेवा पुर्याउने र जनतालाई सुरक्षा दिने तथा विपद उद्धारमा सघाउने बताइएकाे छ ।
विओपी उद्घाटन कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी , धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरी बल, नेपाल आश्रीत गुल्म धादिङका प्रहरी नायव उपरीक्षक लक्ष्मी थपलिया , सुरक्षा निकाय र स्थानीय वासिन्दाहरुको समेत उपस्थिती रहेको थियो ।
गृह मन्त्री लेखक सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा रुवीभ्याली पुगेको थियो । विओपी स्थापना भएपछि जिल्लाको विकट क्षेत्रमा सुरक्षाको प्रत्याभूति हुनुका साथै त्यस क्षेत्रमा हुन सक्ने अपराधिक कृयाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ ।
सीमावर्ती सुरक्षा मजबुत पार्न र स्थानीय सुरक्षालाई सुदृढ बनाउन स्थापना गरिएको उक्त BOP ले सीमानाका गतिविधि अनुगमनका साथै विपद् व्यवस्थापन र अन्य सुरक्षासम्बन्धी काम गर्नेछ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला लगायतका ठाउँमा बिओपी स्थापना गरी संचालनमा ल्याईसकेको छ ।