फागुन ७ गते नेपालीकाे हमत्वपूर्ण दिन : प्रम ओली

फागुन ७ गते नेपालीकाे हमत्वपूर्ण दिन : प्रम ओली

  • Kandara Samachar

  • बुधबार, फाल्गुन ७, २०८१

  • 142
    SHARES
फागुन ७ गते नेपालीकाे हमत्वपूर्ण दिन : प्रम ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन भएको बताउनुभएको छ ।
जहानियाँ राणा शासन विरुद्ध जीवन उत्सर्ग गरेर सहिदहरूले प्रजातन्त्र स्थापना गराएकोले आजको दिनको विशेष महत्त्व भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा आलीले आजको दिन रैतीबाट जनता भएको दिन उल्लेख गर्नुभएको छ । ‘फागुन ७ गते, आजको दिन–हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो, गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्र प्रेमी नेपालीहरूमा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना’, ओलीले लेख्नु भएको छ ।
ओलीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहिद हुनुहुने प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ‘जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान’, ओलीले लेख्नु भएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar