मैथिली नृत्यलाई पहाडले लाेकनृत्यमा पुरस्कृत गरेपछि…

मैथिली नृत्यलाई पहाडले लाेकनृत्यमा पुरस्कृत गरेपछि…

  • Kandara Samachar

  • शुक्रबार, मंसिर १४, २०८१

  • 500
    SHARES
मैथिली नृत्यलाई पहाडले लाेकनृत्यमा पुरस्कृत गरेपछि…

धादिङ ।

जनकपुरधाम क्षेत्रमा नाचिने मैथीलि नृत्य र यसको संस्कृतिले पहाडलाई छोएको प्रतित हुन्छ सक्केस एकेडेमीले प्रस्तुत गरेको नृत्यबाट ।
उल्सास, राैनक र अाफ्नाेपनमा पुगेकाे अनुभवबाट प्रस्तुत राेचक नृत्यलाई निर्णायकले मात्र नभई अभिभावक, विद्यार्थी सबैले मन पराएका थिए ।
पहेँलोमा रातो पारी हालेको साडी लगाएका महिलाहरु टाउकोमा राखिएको माटोको भाँडोमा बत्तीबालेर उल्लासमय ढुंगसंग नाचिने मैथी संस्कृतिको नृत्य जिल्ला प्रथम भएको छ ।
टाउकोमा लगाइएको एक किसिमको गहना, माटोको भाँडोलाई सिंगारेर माला लगाइएको थियो भने एक किसिमको माला अनि गहनाको रिङ गलामा लगाएर सुसज्जित रुपमा देखाइने नाँचले रौनकमात्र थपेन तराइको संस्कृतिले पहाडमा समेत प्रभाव पारेको प्रष्टै देखियो । नृत्य प्रस्तुत गरिँरहँदा विद्यार्थी र अभिभावकको गुन्जयमान आवाज कार्यक्रम स्थल बनेको थियो ।
प्याब्सनले आयोजना गरेको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मैथीली संस्कृतिको नृत्य प्रथम भएको थियो ।
यसैगरि मारुनी नाच प्रस्तुत भएको चिल्ड्रेन पार्क आवासिय माविको नृत्य द्वितिय भएको थियो । प्रतियोगितामा एडभान्स एकेडेमीको साँस्कृतिक लोक नृत्यु तृतिय र धिमाल संस्कृतिको राइजिङ स्टार विद्यालयले प्रस्तुत गरेको लोक नृत्य तृतिय भएको थियो ।
प्रथम सक्सेस एकेडेमी, द्वितिय चिल्डे«नपार्क आवासिय मावि र तृतिय एड्भान्स एकेडेमी प्यव्सनले आयोजना गर्ने प्रदेश स्तरीय प्रतियोगिताको लागि समेत छनौट भएको जिल्ला प्यब्सनका अध्यक्ष बिनोदमान श्रेष्ठले बताउनुभयो । प्रदेश स्तरीय प्रतियोगिता मंसिर १७ गते आयोजना हुने छ ।
एड्भान्स एकेडेमीमा भएको प्रतियोगितामा पुरस्कृत विद्यालयलाई पदक तथा सिल्ड र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा सल्लाहकार रमेशकुमार श्रेष्ठले वितरण गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar