अन्तर्राष्ट्रिय धादिङ समाज, डेनमार्ककाे संयाेजकमा उद्धव कार्की

अन्तर्राष्ट्रिय धादिङ समाज, डेनमार्ककाे संयाेजकमा उद्धव कार्की

  • Kandara Samachar

  • बिहिबार, भदौ ४, २०८३

  • 74
    SHARES
अन्तर्राष्ट्रिय धादिङ समाज, डेनमार्ककाे संयाेजकमा उद्धव कार्की

धादिङ

लामो समयदेखि डेनमार्कमा बस्दै आएका समाजसेवी तथा गजुरी-८ का उद्भव कार्की अन्तर्राष्ट्रिय धादिङ समाजको २०औं शाखा विस्तार संयोजकमा चयन भएका छन्।

विभिन्न सामाजिक काममा लामो अनुभव बटुलिसकेका कार्की हाल एन आर एन डेनमार्कका उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। डेनमार्कमा ११ वर्षदेखि बसोबास गर्दै आएका उनले प्रवासमा रहेका नेपाली समुदाय, विशेषगरी धादिङवासीहरूबीच एकता र सहकार्य प्रवर्द्धन गर्न निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् तथा धादिङसँग सम्बन्धित संस्थाहरूको सक्रियता बढेको छ। सोही क्रममा संस्थाले आफ्नो शाखा विस्तार अभियानलाई थप व्यापक र प्रभावकारी बनाउँदै अघि बढाउने तयारी गरेको जनाएको छ, जसअन्तर्गत डेनमार्कलाई २०औं शाखाका रूपमा समावेश गरिएको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा शाखा विस्तार संयोजकको जिम्मेवारी पाएसँगै कार्कीले डेनमार्कमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै संस्थाको उपस्थिति र गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, संस्थाले उनलाई सफल कार्यकालको हार्दिक शुभकामना समेत दिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar