सात देशको सहभागितामा नीलकण्ठ क्याम्पसले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

सात देशको सहभागितामा नीलकण्ठ क्याम्पसले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

  • Kandara Samachar

  • बिहिबार, बैशाख १७, २०८३

  • 126
    SHARES
सात देशको सहभागितामा नीलकण्ठ क्याम्पसले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

धादिङ

धादिङको पहिलो क्याम्पस नीलकण्ठ क्याम्पसले पहिलो पटक धादिङबेसीमा बैशाख १८ गतेदेखि अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
नीलकण्ठ क्याम्पसमाले बिहिबार नीलकण्ठ क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले पहिलो पटक ७ देशका प्रोफेसरहरु सहभागि भएर अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको र यसको तयारी पुरा भएको बताउनुभएको छ ।
बैशाख १८ र १९ गते हुने अन्तराष्ट्रिय सम्मेलनमा शैक्षिक रुपान्तरण, नवप्रवर्धनशील शिक्षण विधि, अनुसन्धान र उद्यमशीलताको माध्यामबाट समुदाय सशक्तिकरण विषयलाई मूख्य विषय बनाइएको क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सम्मेलन व्यवस्थापन समिति संयोजक युवराज सुवेदीले अन्तराष्ट्रिय सम्मेलन केवल शैक्षिक सम्मेलनमात्र नभइ नेपालको उच्च शिक्षालाई रुपान्तरण गर्न एउटा महत्वपूर्ण प्रयास भएको बताउनुभएको छ । यो सम्मेलनले ज्ञान, सीप र अनुसन्धानलाई जोड्ने छ । अन्तराष्ट्रिय अनुभव आदानप्रदान हुने छ भने शिक्षा प्रणालीलाई व्यवहारिक र प्रभावकारी बनाउने अपेक्षा गरिएको सुवेदीले बताउनुभयो ।
नीलकण्ठ क्याम्पसले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनमा देश विदेशका ३१ ओटा रिसर्च पेपरहरु प्रस्तुती हुने भने प्यानल डिस्कस र शिक्षण सिकाइ संगै नवप्रवद्र्धनमा एआइलाई समेत जोड्ने प्रयास हुने आयोजकले जनाएको छ ।
सम्मेलनका प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल सहभागी हुनेछन् । विशेष अतिथिका रूपमा विश्वविद्यालय अनुदान आयोगका सचिव प्रा.डा. ज्ञानबहादुर थापा, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदार रिजाल तथा वन विज्ञान संस्थानका डीन प्रा.डा. ठाकुर सिलवालको उपस्थिति रहनेछ ।
मुख्य वक्ताका रूपमा प्रा.डा. बेदराज आचार्यले शैक्षिक रूपान्तरण र समुदाय सशक्तीकरण विषयमा प्रस्तुति दिनेछन् भने मेदिन लमिछानेले विद्यालय–परिवार–समुदाय साझेदारी विषयमा धारणा राख्नेछन् । त्यसैगरी प्रा.डा. बालचन्द्र लुइटेलले रूपान्तरणकारी विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित शिक्षा तथा प्रा.डा. एस. के. बराल (भारत) ले डिजिटल प्रविधि र नवीन शिक्षण पद्धति विषयमा प्रस्तुति दिने कार्यक्रम छ।
विशेष सत्रअन्तर्गत प्रा। पेशल खनालले उच्च शिक्षामा सीप र उद्यमशीलता, डा। हेलेन आइकल्याण्ड (नर्वे) ले शिक्षकको जीवन अनुभव, डा. हसन नेजादघनबार (हङकङ) ले अनुसन्धान लेखन र कृत्रिम बुद्धिमत्ता, डा. प्रेमप्रसाद पौडेलले शिक्षक शिक्षा तथा डा. गैरीफालिया चारिटाकी (ग्रीस) ले समावेशी शिक्षा विषयमा प्रस्तुति दिनेछन् ।
त्यसैगरी फराह लिटलपेजले व्यावसायिक अंग्रेजी भाषा तथा बसन्त कँडेल र बिनोद न्यौपानेले शैक्षिक प्रकाशन विषयमा सह–प्रस्तुति गर्ने कार्यक्रम तय भएको छ।
सम्मेलनअन्तर्गत प्यानल छलफल पनि आयोजना गरिनेछ । शिक्षण पद्धति सत्रमा डा. प्रेमप्रसाद पौडेल संयोजक रहनेछन् भने प्रा. पेशल खनाल, मेदिन लमिछाने र डा. लिला न्याइच्याई सहभागी रहनेछन् । उद्यमशीलता सत्रमा डा. योगेन्द्र अधिकारी संयोजक रहनेछन् भने प्रा. भोजराज अर्याल, नारोत्तम अर्याल र रबिना शर्मा सहभागी हुनेछन्।
सम्मेलनले उच्च शिक्षा सुधार, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन बहस तथा अनुभव आदानप्रदान गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar