गुप्तेश्वरी मेलाकाे पानी बाेकेकाे ट्याङ्कर दुर्घटनामा २ काे मृत्यु

गुप्तेश्वरी मेलाकाे पानी बाेकेकाे ट्याङ्कर दुर्घटनामा २ काे मृत्यु

  • Kandara Samachar

  • बुधबार, फाल्गुन १४, २०८१

  • 331
    SHARES
गुप्तेश्वरी मेलाकाे पानी बाेकेकाे ट्याङ्कर दुर्घटनामा २ काे मृत्यु

धादिङ ।

धादिङको गल्छि गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा ट्याङकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घाइते भएका गजुरी गाउँपालिका–६ का १८ वर्षिय प्रशान्त चेपाङ र २० वर्षिय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

प्रहरी नायव उपरिक्षक हमालका अनुसार आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका प्रशान्त र जयरामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको थियो । उपचारका क्रममा उनीहरुको ज्यान गएको हो ।

दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षिय सिरिश चेपाङ र १७ वर्षिय सुरेस चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

ट्याङकर चालक गजुरी गाउँपालिका- ६ का २३ वर्षिय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(फाईल तस्वीर )


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar