एसइइको उत्तर लेख्ने तरिका सिकाउँदै त्रिपुरापुस्तक पसल

एसइइको उत्तर लेख्ने तरिका सिकाउँदै त्रिपुरापुस्तक पसल

  • Kandara Samachar

  • शनिबार, फाल्गुन १०, २०८१

  • 298
    SHARES
एसइइको उत्तर लेख्ने तरिका सिकाउँदै त्रिपुरापुस्तक पसल

धादिङ

उत्तर लेख्ने तरिका सिकाउँदै त्रिपुरापुस्तक पसलरधादिङ ।
एसइइमा सहभागि विद्यार्थीले उत्तर जानेर पनि सही तरिकाले नलेखेका कारण अंक थोरै आउने गरेको तथ्यलाई मध्यनजर गरि विद्यार्थीहरुलाई सही तरिकाले उत्तर लेख्न सिकाइँदै छ ।
त्रिपुरा पुस्तक पसल धादिङबेसीको आयोजनामा धादिङका छ स्थानहरुमा विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधि र सामाजिक अध्यायनमा उत्तर लेख्ने तरिका सिकाइएको त्रिपुरा पुस्तक पसलका प्रोपाइटर नारायणकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।
विज्ञान तता प्रविधिमा डा. चिन्तामणि पन्थी र सामाजिक अध्यायनमा नारायणप्रसाद खतिवडाले धादिङ्ग जिल्लाका एसइइ तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रश्न अनुसारको त्तर लेख्ने र गुणत्मक र कलात्मक रुपमा प्स्तुत गर्ने तरिकाहरु सिकाउनुुभयो ।
धादिङबेसी, खानीखोला, बैरेनी, गजुरी र मलेखुुमा एक हजार २ सयभन्दा बढीलाई सिकाइसकेको त्रिपुरा पुस्तक पसलले सल्यानटारमा समेत २ सय भन्दा बढीले जानकारी प्राप्त गर्ने गरि तयारी भएको छ । कार्यक्रममा निजि र सामुदायिक विद्यालयका एसइइ दिने तयारीमा लागेकाहरुले यस्तो कार्यक्रममा सहभागि भएपछि उत्तर लेख्ने शैलीमा सुधार गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar