
–मिना लम्साल
कविता
बर्साउन देउ न दुई चार पत्थर के फरक पर्छ ?
गरिदिउंला नि एक्लो सफर के फरक पर्छ ?
फल लागेकै रुखमा झटारो बर्साइन्छ क्यारे
गरुन् न त ढुङ्गा हान्ने तरखर के फरक पर्छ?
घामपानी सहेको फुल नै आकर्षक हुने हो
अडिग बस् लाउन गिद्दे नजर के फरक पर्छ ?
आफ्नो लक्ष्य आफ्नो कर्तव्य डटेर पूरा गर
गर्नेहरू गरून् बेसुरमा बर्बर के फरक पर्छ?
मतलबी दुनियाँ खुट्टा तान्न तत्पर त रहन्छन् नै
तर यात्रा रोकिदैन थुनेर डगर के फरक पर्छ ?
सुटुक्क भनिदेउ न के फरक पर्छ ????