ऐतिहासिक एकिकरण पदयात्रा ः धादिङमा तिनदिन सहभागि हुन आग्रह

ऐतिहासिक एकिकरण पदयात्रा ः धादिङमा तिनदिन सहभागि हुन आग्रह

  • Kandara Samachar

  • मङ्लबार, पुस १६, २०८१

  • 141
    SHARES
ऐतिहासिक एकिकरण पदयात्रा ः धादिङमा तिनदिन सहभागि हुन आग्रह

धादिङ

पृथ्वी नारायण शाहले नुवाकोट, काठमाण्डौ एकिकरणको क्रममा प्रयोग गरेको बाटो र ऐतिहासिक स्थलको संरक्षण गरि एकिकरणको पदचिन्हलाई पहिल्याएर शिक्षा लिन नेपाली सेनाको अगुवाइमा एकिरण पदयात्रा गर्दै छ । गोरखाबाट सुरु हुने पदयात्रा धादिङ क्षेत्रमा व्यवस्थीत गरि ऐतिहासिक धार्मित तथा अन्य महत्वपूर्ण स्थानहरुबारे जानकारी दिन शिवदल गण धादिङले संयोजन गरेर त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा समन्वय बैठक बसेको छ ।
बैठकले आरुबाटमा पुस २१ गते स्वागत गरिने एकिकरण पद यात्रा टोलीलाई पुस २३ गते भर्याङभुरुङबाट विदाइ गरिने योजना रहेको शिवदल गणका सेनानी हेमप्रसाद सिवाकोटीले बताउनुभयो ।
एकिकरण टर्च र नेपाली झण्डा, शिवदल गणको झण्डा सहितको टोलीले आरुघाट, रानीपौवा, त्रिपुरासुन्दरीबेसी, खहरे बजार, कटुन्जे हुँदै भर्याङभुरुङ पुगेर नुवाकोटको टोलीलाई टर्च र झण्डा हस्तान्तरण गरिने छ ।
पदयात्रामा सहभागी हुन नागरिकलाई बैठकले आग्रह गरेकाे छ ।
३०३ औँ पृथ्वी जयन्तीको अबसरमा गोरखाबाट काठमाण्डौसम्म पदयात्रा गर्दै लगिने छ । धादिङमा पृथ्वीनारायण शाहले बाटो प्रयोग गर्दा पाटी पौवा बनाएको, कोषेढुंगाहरु गाडेका थिए । धादिङमा १५, १६, १७, १८, १९ र २० कोषका ढुंगा गाडेर राखिएको स्थानहरु पर्दछ । यो ४२ किलोमिटर क्षेत्र हो ।
समन्वय बैठकमा नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल,शिवदल गणका प्रमुख सेनानी अरुण कार्की, त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवराज धरेल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपेन्द्र शाही, ससस्त्र प्रहरी प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलिया, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, वडाअध्यक्षहर लगायतका सहभागि हुनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar