“मनका कुरा” विद्यालय एकिकरण

“मनका कुरा” विद्यालय एकिकरण

  • Kandara Samachar

  • आइतवार, बैशाख २, २०८१

  • 130
    SHARES
“मनका कुरा”  विद्यालय एकिकरण

✍️ गीता रिजाल (शिक्षक-बालमन्दिर मावि)

म गीता रिजाल २०६७/१/१९देखि अविछिन्न बालमन्दिर नि.मा.वि(तत्कालीन)र साविकको बालमन्दिर मा वि मा एक शिक्षकको रूपमा काम गर्दै आएको छु।वर्षले लगभग १४ वर्ष पूरा हुन लागेछ।

विद्यालयमा insider भएर काम गर्दै गर्दा यस संस्थाको आरोह अवरोहको बारेमा जानकार नै छु।अभिभावक तथा विधार्थीको आवश्यकतालाई केन्द्रमा राख्दै तत्कालीन प्र.अ को नेतृत्वमा वि.स २०७१ सालबाट माध्यमिक तह(९-१०)सन्चालन हुदै आएको हो।अहिले जस्तो विभिन्न शैक्षिक सुधारको बजेटहरू निकाशा नहुनाले मा वि सन्चालनमा केही चुनौती थियो नै तसर्थ,प्र.अ को नेतृत्वमा सबै कार्यरत शिक्षक तथा कर्मचारीको एक महिना बराबरको तलब भत्ता जम्मा गरी विधालयको नयॅा भवन र पुस्तकालय निर्माण गर्ने काम सम्पन्न भयो।विधालयको प्रांगडमा चौतारो पनि निर्माण गरियो।यसका साथै सूक्ष्म कामहरू धेरै भए।

हुन त लैंगिक विशेष (gender specific) जस्तो लाग्न सक्छ तर मेरो एक दशकको भन्दा बढी कार्य अनुभवमा उक्त विधालय महिला शिक्षकले नै प्रसाशन लगायत शैक्षिक गतिविधि सन्चालन गर्नुपर्छ भन्ने अलिखित बुझाई त थियो नै तर महिलाले पनि गर्न सक्छन् भन्नु उतीबेला सान्दर्भिक नै थियो किनभने महिलाप्रति stereotypical सोच हाबी थियो।

अहिले विधालय ‘छ’ बाट थियो मा परिणत भयो,यधपी सरकारी निर्णय सर्वोच्च निर्णय हुने भएकोले यसमा मेरो पनि पूर्ण समर्थन छ।हाम्रो साविकको बालमन्दिर मा वि र अहिले गाभिएको नीलकण्ठ मा वि लगभग ५ देखि १० मिनेटकै दुरीमा छ।विधालय गाभियो भनेर सुन्दा अनौठो लाग्यो तर नीलकण्ठ न.पा. (शिक्षा शाखा)ले website मा राखेको ७९ पृष्ठलामो नगर शिक्षा ऐन पढ्दा कुरो ठीकै हो भन्ने लाग्यो।नियम नं.१६ विधालय गाभ्न सकिने’ बुंदा अन्तर्गत Merge गरिएको रहेछ भन्ने थाहा भयो।

अब के गर्ने?

१)विधालय गाभ्नु मात्र सर्वोच्च काम होइन विधार्थीको सिकाइको अवस्थाबारे नगरले शिक्षकहरूलाई सिकाइको स्तरन्नोतीबारे समन्वय गरिदिनुपर्ला कि,
२)गरिखाने शिक्षा’ लाई प्रोत्साहन गर्नुपर्ला जस्तो लाग्छ। (विभिन्न नगरहरुमा सन्चालनमा रहेको)
३)विभिन्न शीर्षकका शैक्षिक तालिमहरू फगत् भत्ता खाजा,खानामा भन्दा पनि शिक्षकले कक्षामा के प्रयोग गर्न सबल भए तिर गम्भीर हुनुपर्ला कि,
४)कुन शिक्षकमा के क्षमता छ सो पहिचान गरी विशेष जिम्मेवारी दिनुपर्ने हो कि,
५)”शिक्षकलाई मात्र थाहा छ उनीहरूलाई चलाउन हुदैन” भन्ने मानसिकता त्याग्ने हो कि,
६)तसर्थ सम्बन्धित अभिभावकलाई पनि विभिन्न विषयका स्रोत शिक्षकको रूपमा आंशिक काम दिने हो कि शिक्षकलाई मात्र सबै जानकारी नहुने ( अनुसन्धान रिपोर्टमा आधारित),
७)लामो समयदेखि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई पनि कुनै विषयका पाठहरू अथवा एकाइको बारेमा व्यवहारिक ज्ञान धेरै हुने भएकाले उनीहरूलाई कसरी समावेश गर्न सकिन्छ त्यता सोच्ने हो कि,
८) “म सिनियर शिक्षक आधारभूत कक्षामा किन जाने?” भन्दा पनि ति शिक्षकलाई आधारभूत कक्षामा अपनत्व बढाउन लाग्ने पो हो कि,
९)अनुभवि/दीक्षित शिक्षकहरूबाट विभिन्न अनुसन्धानका जानकारीहरू सेयर गर्न लगाउने पो हो कि,
१०)को शिक्षकले खटेर काम गरे नगरेको छ त्यतापट्टि पनि ध्यान दिने हो कि !

र अन्तमा, नगरपालिका,शिक्षाशाखा विधालयहरूका प्रतिनिधि तथा समाजसेवी बसेर आधिकारिक निर्णय भएकोमा मेरो पनि समर्थन छ।—


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar