बस दुर्घटनामा ६ को मृत्यु, ३५ जनाभन्दा बढी घाइते

बस दुर्घटनामा ६ को मृत्यु, ३५ जनाभन्दा बढी घाइते

  • Kandara Samachar

  • बुधबार, फाल्गुन २३, २०८०

  • 179
    SHARES
बस दुर्घटनामा ६ को मृत्यु, ३५ जनाभन्दा बढी घाइते

प्रविन रिजाल/नानू कार्की
धादिङ ।
कपिलबस्तुबाट काठमाण्डौ तर्फ जाँदै गरेको यात्रुबस त्रिशुली नदीका खसेर बुधबार बिहान दुर्घटनामा ६ जना को मृत्यु भएको छ ।

कपिलबस्तुबाट ५१ जना यात्रु र चालकदल समेत भएको लु २ ख २१२१ नम्बरको यात्रुबस पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीबाट त्रिशुलीनदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सूचनाअधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।बिहान चार बजेतिर भएको दुर्घटनामा १ महिला सहित ६ जनाको शब देखिएको छ । शबको सनाखत भएको छैन भने कति हताहत भयो यकिन विवरण प्राप्त भएको छैन ।
सडकबाट १ सय मिटर तल त्रिशुली नदीमा छत देखिएको अवस्थामा डुबेको बसका ३५ जना यात्रुको उद्धार गरिएको र सबै घाइतेहरुलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि घाटबेसी बजारबासी, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीले घाइतेहरुको उद्धार गरेको थियो । बसमा कति यात्रु छन् र कति मृत्यु भयो भन्ने बारे डुबेको बसमा खोजि गर्ने ससस्त्र प्रहरीको टोलीले खोजि सुरु गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar