धादिङका किसानकाे ३ कराेड बक्याैता रकम भुक्तानी र मिल्क हाेलिडे विरुद्ध राजमार्ग बन्द

धादिङका किसानकाे ३ कराेड बक्याैता रकम भुक्तानी र मिल्क हाेलिडे विरुद्ध राजमार्ग बन्द

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन १७, २०८०

  • 93
    SHARES
धादिङका किसानकाे ३ कराेड बक्याैता रकम भुक्तानी र मिल्क हाेलिडे विरुद्ध राजमार्ग बन्द

नानू कार्की/धादिङ ।
सरकारकाे दुग्ध विकास अायाेजनाले किसालाई दुधकाे बक्याै नतिरेकाे र काेटा प्रणाली लागू गरेकाे बिराेध बिहिबार महादेबबेसीमा दुग्ध किसानहरुले राजमार्ग बन्द गराए ।
दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका हुन् ।
कृषकहरुले धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ६ महादेववेसी बजारमा मध्यान्ह १२ बजेदेखि १२ः३० बजेसम्म ३० मिनेट राजमार्ग अवरुद्ध गरेका हुन् ।

मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनैतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध गर्नेपर्ने, दुग्ध उत्पादक कृषकलाई यस पेशामा जोगाइराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झैं यथाशीघ्र उपलब्ध गराउनुपर्ने लगाएतका माग राखी कृषकहरु आन्दोलनमा उत्रिएका छन्।
यस्तै, लागत मूल्य घटाउने कार्यक्रममा लिटर अनुदान कम्तीमा ५ रुपियाँ लागु गर्नुपर्ने, पशु आहार पशु औषधीसम्बन्धी पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको रकम उपलब्ध गराउन बिमा रकम भुक्तानी सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने र दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेतलगायतका रोगको उन्मूलन गर्नुपर्ने माग कृषकको रहेको छ।
कृषकको माग पूरा गर्न फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको भए पनि सरकारले सुनुवाइ नगरेकोले आन्दोलन गर्नुपरेको किसानहरुले बताएका छन्।
किसानको उत्पादनको बजारीकरण राज्यले गर्नुपर्ने भए पनि वास्ता नगरेकोले आन्दोलनमा उत्रिएको फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले बताउनुभयो ।
धादिङका किसानहरुलाई संस्थानले ३ कराेड भन्दा बढी रकम तिर्न बाँकी छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar