सुत्केरीको उद्धार

सुत्केरीको उद्धार

  • कन्दरा सम्बाददाता

  • मङ्लबार, फाल्गुन ८, २०८०

  • 64
    SHARES
सुत्केरीको उद्धार

धादिङ /

धादिङको गङ्गाजमुना गाउँपालिका– १ ताजिम्राङकी जोभिना तामाङलाई हेलिकप्टरद्धारा उद्धार गरिएको छ ।

ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाइमा आएकी जोभिनालाई प्रशव व्यथामा जटिलता थपिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निःशुल्क हवाई उद्धार गरिएको गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।

‘सडक सञ्जालको सहज पहँुच छैन । जटिल खालको केश त्यसमाथि सुत्केरीलाई तत्काल उद्धार गर्नु पर्छ । सडकबाट अस्पतालसम्म लैजान समय लाग्ने र विरामीको स्वास्थ्य अवस्थामा जे पनि हुन सक्छ’ उनले भने– ‘सुत्केरी व्यथा लागेर ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाइमा आएकी जोभिनाको सुरक्षित प्रसुुति सेवा भएपनि प्रशव व्यथामा जटिलता आएको थियो । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गरेरै हेलिकप्टरद्धारा उद्धार गरिएको हो ।’

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट चार जना र अन्य चार जनाको विभिन्न श्रोतबाट व्यवस्थापन गरी आठ जनाको हेलिकप्टरबाट उद्धार गरिएको उनले बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar