नाटक सिकाउदै नीलकण्ठ प्रज्ञाप्रतिष्ठान

नाटक सिकाउदै नीलकण्ठ प्रज्ञाप्रतिष्ठान

  • Kandara Samachar

  • शुक्रबार, माघ २६, २०८०

  • 110
    SHARES
नाटक सिकाउदै नीलकण्ठ प्रज्ञाप्रतिष्ठान

धादिङ /
नाट्यसम्राट् बालकृष्ण समको १२१ औँ जन्मजयन्तीको अवसरमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले ३ दिने नाट्य प्रशिक्षण तथा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान ले नाटक लेखन तथा निर्देशन र प्रस्तुतीका बारेमा तालिम संचालन गरेकाे हाे ।
२३ गतेदेखि २५ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं नाटक लेखक, निर्देशक तथा कलाकार पुरू लम्सालले प्रशिक्षण दिनुभएकाे थियो ।

उक्त प्रशिक्षण तथा कार्यशालामा नीलकण्ठ नगरपालिका भित्रका विभिन्न शैक्षिक संस्थामा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश सांसद गोविन्द लम्साल र समापन सत्रमा नीलकण्ठ क्याम्पसका प्रमुख नवराज शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

साथै कार्यक्रममा नाटकका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने स्थानीय कलाकारहरूको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar