बलात्कार गर्नेलाई १२ वर्ष कैद र ५ लाख जरिवाना

बलात्कार गर्नेलाई १२ वर्ष कैद र ५ लाख जरिवाना

  • Kandara Samachar

  • शनिबार, मंसिर ९, २०८०

  • 67
    SHARES
बलात्कार गर्नेलाई  १२ वर्ष कैद र ५ लाख जरिवाना

धादिङ ।
१५ वर्षीय एक बालिका बलातकार गरेकाे आराेपमा थुनामा रहेका गाेरखा जिल्ला सहिद लखनथापा गाउँपालिका-६ का २३ वर्षीय सन्जाेक श्रेष्ठलाई जिल्ला अदालतले १२ वर्ष कैद सजाँया गरेकाे छ ।
जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० मंसिर ८ गतेकाे ईजलासले आराेपित श्रेष्ठलाई सजाय गर्ने फैसला गरेकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
०७९ कात्तिक २८ गते जिल्ला अदालतमा दर्ता भएकाे मुद्दामा कसुरदार श्रेष्ठलाई १२ वर्ष कैदका साथै ५ लाख जरिवाना गरि पीडितलाई ५ लाख क्षतिपूर्ति दिन फैसलामा उल्लेख छ ।
०७९ कात्तिक १२ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित परिवारले ०७९ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकाेमा साेहिदिन गिरफ्तार गरि जबरजस्ति करणि मुद्दा चलाएकाे थियाे ।
निलकण्ठ नगरपालिका–८ को एक होटलमा फकाएर बोलाई ०७९ कात्तिक १२ गते बलात्कार गरेको पीडित पक्षले जनाएकाे छ । पीडितको स्वस्थ्य परीक्षण कात्तिक १५ गते धादिङ अस्पतालमा गरिएकाे थियाे । जिल्ला अदालतकाे १९ पेशी पछि मुद्दा फैसला भएकाे हाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar