सडकका ११ प्रतिशत काम, रुग्ण (क्राेनिक) याेजनालाई प्रथमिकता

सडकका ११ प्रतिशत काम, रुग्ण (क्राेनिक) याेजनालाई प्रथमिकता

  • Kandara Samachar

  • शुक्रबार, कार्तिक १७, २०८०

  • 117
    SHARES
सडकका ११ प्रतिशत काम, रुग्ण (क्राेनिक) याेजनालाई प्रथमिकता

:- सीताराम अधिकारी
धादिङ ।
प्रादेसिक सडक कार्यालय धादिङ मार्फत काम गरिने धादिङका सडक र सडक पुलकाे काम पहिलाे तीन महिनामै ११ प्रतिशत काम सकिएकाे छ ।
भाैतिक याेजना मन्त्री युवराज दुलाल समेतकाेे बागमती प्रदेश सरकारकाे टाेलिले जिल्ला तहमा अनुगमन गर्दै केही रुग्ण याेजनाहरुकाे अवस्था अवलाेकन गरिएको थियाे ।
बिकास निर्माण र बिनियोजित बजेटमा ढिला सुस्ती,अनियमितता र ठेक्का लगाएर होल्ड गर्न कसैलाई छुट नभएको बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलाल बताउनु भएको छ । प्रादेशिक सडक कार्यालय धादिङको समिक्षा बैठक तथा आसपासका योजनाहरुको फिल्डमै पुगेर स्थलगत अवलोकन गर्न धादिङ आईपुग्नु भएको बेलामा मन्त्रि दुलालले सो कुरा बताउनु भएको हो ।
स्थलगत अवलोकन पश्चात भएका समस्याहरु निराकरण गरि तत्काल योजनाहरु कार्यान्वयनमा ल्याउन स्पोटबाट नै निर्देशन दिनु भएको छ । समिक्षा बैठक पश्चात उहाँले धादिङमा चालु आर्थिक बर्षको तिन महिनामा ११प्रतिशत पुजीगत खर्च गरी ५० प्रतिशत योजनाहरु कार्यान्वयनमा रहेको पाईएको बताउनु भयो । उहाँले ढिला सुस्ती,अनियमितता र ठेक्का लागेर लामो समय सम्म काम नगरी ठेक्का होल्ड गरेर बस्ने ठेकेदारहरुलाई कारबाहि गरि योजनाहरु छिटो र गुणस्तरको बनाउन, योजना स्थलमा आएका समस्याहरुको सम्बोधन गर्न सचिव सहित आफुहरु स्वयम स्थलगत अवलोकनमा हिडेको बताउनु भएको छ ।

त्यसैगरी उहाँले बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयले ८०० किलो मिटर भन्दा बढी पक्की सडक र करिव २०० को हाराहारिमा पुल निर्माणको प्रक्रियामा रहेको समेत बताउनु भएको छ ।

प्रादेशिक सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले यस चालु आवमा कुल बजेटको ८५ प्रतिशत बित्तिय लक्ष्य लिएको बताउनु भएको छ । उहाँले अघिल्लो आव बाट म्याद थप भएर आएको रुग्ण योजनाहरु यसै बर्ष सक्ने लक्ष्य रहेको भन्दै उहाँले २६ वटा बहुबर्षिय योजनाहरु रहेकोमा यस आर्थिक वर्षमा नै १६ वटा योजना सम्पन्न हुने समेत बताउनु भएको छ ।
प्रादेसिक सडक कार्यालयले रुग्ण याेजनाहरुलाई प्राथमिकतामा काम सक्ने, नियमित याेजना गर्ने जानकारी दिँदै गत अार्थिक वर्षमा ५४ प्रतिशत अार्थिक प्रगति गरेकाेमा यस वर्ष ८५ प्रतिशत काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar