टिपरले किचेर काभ्रेमा एक जनाको मृत्यु

टिपरले किचेर काभ्रेमा एक जनाको मृत्यु

  • Kandara Samachar

  • आइतवार, अशोज २८, २०८०

  • 110
    SHARES
टिपरले किचेर काभ्रेमा एक जनाको मृत्यु

काभ्रे, २८ असोज । पाँचखाल नगरपालिका-६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल-६ का नारायण तिमल्सिना रहेका छन्।

आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प २५०१ नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए।

पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क २३२८ नम्बरको टिपरले  तिमल्सिनालाई किचेको प्रहरीले जनाएको छ। उक्त घटनामा घाइते तीन जनाको उपचारका लागि प्रहरी र स्थानीयले धुलिखेल अस्पताल पठाएका छन।

स्थानीयले घटनापछि अरनिको राजमार्ग साँझ ६ बजेदेखि अवरुद्ध गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar