एचआईभी एड्स र लैंगिक हिंसा विरुद्ध सचेतना

एचआईभी एड्स र लैंगिक हिंसा विरुद्ध सचेतना

  • Kandara Samachar

  • शुक्रबार, अशोज ५, २०८०

  • 256
    SHARES
एचआईभी एड्स र लैंगिक हिंसा विरुद्ध सचेतना

– नानू कार्की/ सिम्ले

एच आई भी एड्स र लैंगिक हिंसा विरुद्ध सचेतना सिम्लेमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जेयान्सु सगुन जे भी निर्माण व्यवसायीको आयोजनामा SMEC PEC को सुपरिभिजन सडक विभागको सहयोग र विश्व वैङक को आर्थिक तथा प्राविधिक सहयोगमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नागढुंगा नौविसे सडक खण्ड स्तरोन्नतीसँग सम्वन्धित कार्यरत कर्मचारी, ईन्जिनियर, ओभरसीयर, सर्भेयर, सवारीचालक लगायत DCID/DOR WORLD BANK CONSULTANT को सहभागितामा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा एच आई भी एडस , यसबाट वच्ने उपाय, यसको रोकथाम तथा न्युनिकरणका उपायहरु निर्माण क्षेत्रमा एच आई भी एडस को जोखिम लगायत लैंगिक हिंसा , हिंम्साकाे प्रकृति, निर्माण क्षेत्रमा हुने हिंसा, न्युनिकरणको उपायहरु जस्ता विविध पक्षको वारेमा जानकारी गराईएको थियाे ।
यो कार्यक्रम निर्माणसँग सम्वन्धित करिव २०० जनालाई सचेतिकरण गराउने गरि सुरु गरिएको छ ।
पहिलो चरणमा कर्मचारी लेवलमा ६८ जनाको उपस्थिति रहेको थियो ।
केहि समयपछि मजदुरहरुसँग कार्यक्रम गर्ने तयारी भएको छ । कार्यक्रमको सहजिकरण सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालज सोही निर्माण व्यवसायीकी लैगिक हिंसा न्यूनिकरण अधिकृत विपना प्याकुरेलले गर्नुभएको थियो । साथै कार्यक्रमको व्यवस्थापन जेयान्सु सगुन जे भी निर्माण व्यवसायि काे सामाजिक अधिकृत सिर्जना डङ्गोरले गर्नुभएको थियो ।
कार्यक्रम जेयान्सु सगुन जे भी निर्माण व्यवसायीेका सि आर डोरमणी पौडेरको अध्यक्षतामा सम्पन्न गरिएको हो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar