काँग्रेस नेता कार्कीकाे क्यान्सरका कारण मृत्यु

काँग्रेस नेता कार्कीकाे क्यान्सरका कारण मृत्यु

  • Kandara Samachar

  • बिहिबार, भदौ ७, २०८०

  • 226
    SHARES
काँग्रेस नेता कार्कीकाे क्यान्सरका कारण मृत्यु

धादिङ ।
नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको ६६ वर्षको उमेरमा निधन भएको छ । प्रोस्टेटको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधबार वीर अस्पतालमा निधन भएको हो ।
धादिङका उनी २०७४ सालमा बागमती प्रदेशसभामा सदस्य निर्वाचित भएका थिए । कांग्रेसबाट समानुपातिक कोटाबाट सांसद बन्नु भएको थियोे ।
वीर अस्पतालका जनरल सर्जन चिकित्सक पेशा छाडेर पूर्णकालीन राजनीतिमा आउनुभएकाे थियाे । कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य रहेका कार्की पार्टी एकीकरणपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । स्वर्गीय डा . राजाराम कार्किका सुपुत्रहरु डा अमित सिंह कार्की,डा अन्जन सिंह कार्की हुनुहुन्छ ।

उहाँको पार्थिव शरीरलाई भदौ ७ गते बिहान ७:०० बजेदेखि ८:३० बजेसम्म काठमाडौं, स्वयम्भूस्थित उहाँको निवासमा र बिहान ९:०० बजेदेखि ११ :०० बजेसम्म नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा श्रद्धाञ्जली अर्पणका लागि राखिनेछ । तत्पश्चात शवयात्रा सुरु गरी पशुपति, आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

डा. राजाराम कार्कीको राजनीतिक यात्रा

उहाँले नेपाली कांग्रेसको केन्द्रीय सदस्य(२०५९), नेपाली कांग्रेसको नवौं महाधिवेशनदेखि हालसम्म लगातार महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दलको केन्द्रीय महासचिव(२०५५); नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको सचिव(२०५३); स्वतन्त्र विद्यार्थी युनियन, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसको सभापति (२०४३) लगायतको जिम्मेवारी वहन गर्नुभएको थियो । उहाँ वि.सं. २०७४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा निर्वाचित हुनुभएको थियोे । वि. सं. २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा धादिङ जिल्लाको तत्कालीन क्षेत्र नं. ३ मा उहाँ नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । उहाँका पिता, माता, २ श्रीमती, ४ छोरा र १ छोरी हुनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar