कर्मचारी संगठनद्वारा बाैद्धिक अपांगता विद्यालयलाई खाद्यान्न हस्तान्तरण,

कर्मचारी संगठनद्वारा बाैद्धिक अपांगता विद्यालयलाई खाद्यान्न हस्तान्तरण,

  • Kandara Samachar

  • सोमवार, साउन १५, २०८०

  • 341
    SHARES
कर्मचारी संगठनद्वारा बाैद्धिक अपांगता  विद्यालयलाई खाद्यान्न हस्तान्तरण,

धादिङ । १५ साउन
नेपाल निजामती कर्मचारी संगठन धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्तीटारमा रहेकाे बाैद्विक अपांगता आधारभूत विशेष विद्यालयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
सोमबार शहिद मनोज, झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । संगठनका जिल्ला अध्यक्ष वीर बहादुर दुवाडीका अनुसार २८ जना बाैद्विक अपांगता भएका विद्यार्थी अध्ययनरत रहेकाे विद्यालयलाई दैनिक उपभाेग हुने खाद्यान्न हस्तान्तरण गरिएको हो ।
विभिन्न समयमा कर्मचारी आन्दोलनमा शहादत प्राप्त गरेका खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र कार्की र मुगुका सुरेन्द्र वि.क.लाई सरकारले २०७४ माघ २२ मा राष्ट्रिय शहिदको रुपमा घोषणा गरिएको र कर्मचारी आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा साउन १५ गतेका दिन लाइ संगठनले शहिद स्मृति दिवसका रुपमा मनाउँदै आएको राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लि. धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय कर्मचारी संगठन धादिङका अध्यक्ष कृष्णकुमार श्रेष्ठले कार्यक्रम सार्थकता र सफलताको मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
खाद्यान्न वितरण कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन धादिङका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नमुना बाैद्विक अपांगता आधारभूत विशेष विद्यालयका अध्यक्ष निशा अधिकारी, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा सदस्य राेशनकुमार श्रेष्ठ, स्वास्थ्यकर्मी राष्ट्रिय महासंघ धादिङ अध्यक्ष बाेधप्रसाद नेपाल, विद्यालयका शिक्षिका, कर्मचारी संगठनका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar