आफ्नो मानिस फेल भएपछि बीचमै शिक्षक परिक्षा रोकियो

आफ्नो मानिस फेल भएपछि बीचमै शिक्षक परिक्षा रोकियो

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ २६, २०८०

  • 221
    SHARES
आफ्नो मानिस फेल भएपछि बीचमै शिक्षक परिक्षा रोकियो

सीताराम अधिकारी

धादिङबेसी, २६ जेठ गाउँपालिका अध्यक्षकाे आफ्नो नातेदार तथा कार्यकर्ता पहिलाे चरणमै फेल भएपछि गजुरी गाउँ पालिकाकाे किराञ्चाेक कटुञ्जे माविकाे शिक्षकको परिक्षा नै रोकिएको छ। गजुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको किरमञ्चोक कटुञ्जे माविमा लिइएको परिक्षा विचमा रोकिएको हो । नेपाली र गणित तथा विज्ञान विषयका लागि २ जना छुट्टाछुट्टै शिक्षक आवस्यकता भएको विद्यालयले बैशाख १४ गते करारमा शिक्षक भर्नागर्नका लागि सार्वजनिक सूचना जारि गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति अनुसार विद्यालयले सूचना जारी गरेर शिक्षक माग गर्दा गणित था विज्ञान विषयमा एक जनाकोमात्र निवेदन परेको थियोभने नेपालीका लागि ७ जनाले १ हजार ५ सय तिरेर बैशाख २८ गतेसम्म निवेदन दिएका थिए । शिक्षक छनौट कार्यविधि अनुसार प्रथम पत्र, द्वितिय पत्रको परिक्षा हुन्छभने त्यसपछि अन्तर्वार्तामा उतिर्ण भएकाहरुको हुने गर्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वडा अध्यक्ष बद्री जमकटेल नै भएको विद्यालयमा एक महिनादेखि एकै दिनमा परिक्षाको अन्तिम नतिजा आउनुपर्नेमा रोकिएकोले राजनितिक गन्ध आएको परिक्षामा सहभागिहरुले बताएका छन् । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विज्ञ समेत राखेर तत्कालिन अवस्थामा प्रश्न निर्माण गरि परिक्षा लिइएको थियो । पहिलो पत्रको परिक्षामा नेपालीमा द्द जना र गणित तथा विज्ञानमा एक जना उतिर्णभएकोसूचना आएपछि दोश्रो पत्रको परिक्षा बैशाख ३१ गते नै लिइएको र हालसम्म पनि रोकिएको परिक्षामा सहभागि अस्मिता ढुंगानाले बताउनु भएको छ । ढुंगानाले नेपाली विषयमा उतिर्ण भएर दोश्रो पत्रको परिक्षा दिनुभएको हो । २० जनासम्मको पनि परिक्षा एकैदिन रिजल्ट समेत गर्ने र त्यभन्दा बढी भए २ दिनमा सबैको परिक्षा लिएर अन्तिम नतिजा निकाल्ने गरिएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलको नातेदार पहिलो पत्रको परिक्षामा फेल भएपछि एकमहिनासम्म रोकिएको परिक्षार्थीहरुको आरोप छ। गजुरी गाउँपालिका शिक्षा शाखाका अधिकृत भिमसेन विष्टले विद्यालय व्यवस्थापन समितिले शिक्षक पदपूर्ति समितिको काम अघि नबढाएका कारण एक महिना पुग्नलाग्दा समेत रिजल्ट नआएको र आफूले यस विषयमा केही निर्णयदिन नमिल्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलले समस्या भएकाे धेरै समय भएकाेले छिट्टै समाधान गरिने बताउनुभयाे । शिक्षक छनौटका लागि विज्ञ बोलाएर व्यवस्थापन समितिका अध्यक्षकैरोहबरमा प्रश्न झिकेर परिक्षा लिइएकोमा परिक्षा नै रोकिएकोमा अभिभावकहरु समेत रुष्ट भएका छन् । विद्यालयका प्रधानाध्यापक दिपेन्द्र भण्डारीले विद्यालयमा शिक्षक नियुक्त गर्न नपाएपछि पढाइ समेत प्रभावित भइरहेको बताउनु भएको छ। सीताराम अधिकारीआफ्नो मानिस फेल भएपछि बीचमै शिक्षक परिक्षा रोकियो सीताराम अधिकारी धादिङबेसी, २६ जेठ गाउँपालिका अध्यक्षकाे आफ्नो नातेदार तथा कार्यकर्ता पहिलाे चरणमै फेल भएपछि गजुरी गाउँ पालिकाकाे किराञ्चाेक कटुञ्जे माविकाे शिक्षकको परिक्षा नै रोकिएको छ।

गजुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको किरमञ्चोक कटुञ्जे माविमा लिइएको परिक्षा विचमा रोकिएको हो । नेपाली र गणित तथा विज्ञान विषयका लागि २ जना छुट्टाछुट्टै शिक्षक आवस्यकता भएको विद्यालयले बैशाख १४ गते करारमा शिक्षक भर्नागर्नका लागि सार्वजनिक सूचना जारि गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति अनुसार विद्यालयले सूचना जारी गरेर शिक्षक माग गर्दा गणित था विज्ञान विषयमा एक जनाकोमात्र निवेदन परेको थियोभने नेपालीका लागि ७ जनाले १ हजार ५ सय तिरेर बैशाख २८ गतेसम्म निवेदन दिएका थिए । शिक्षक छनौट कार्यविधि अनुसार प्रथम पत्र, द्वितिय पत्रको परिक्षा हुन्छभने त्यसपछि अन्तर्वार्तामा उतिर्ण भएकाहरुको हुने गर्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वडा अध्यक्ष बद्री जमकटेल नै भएको विद्यालयमा एक महिनादेखि एकै दिनमा परिक्षाको अन्तिम नतिजा आउनुपर्नेमा रोकिएकोले राजनितिक गन्ध आएको परिक्षामा सहभागिहरुले बताएका छन् । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विज्ञ समेत राखेर तत्कालिन अवस्थामा प्रश्न निर्माण गरि परिक्षा लिइएको थियो । पहिलो पत्रको परिक्षामा नेपालीमा द्द जना र गणित तथा विज्ञानमा एक जना उतिर्णभएकोसूचना आएपछि दोश्रो पत्रको परिक्षा बैशाख ३१ गते नै लिइएको र हालसम्म पनि रोकिएको परिक्षामा सहभागि अस्मिता ढुंगानाले बताउनु भएको छ । ढुंगानाले नेपाली विषयमा उतिर्ण भएर दोश्रो पत्रको परिक्षा दिनुभएको हो । २० जनासम्मको पनि परिक्षा एकैदिन रिजल्ट समेत गर्ने र त्यभन्दा बढी भए २ दिनमा सबैको परिक्षा लिएर अन्तिम नतिजा निकाल्ने गरिएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलको नातेदार पहिलो पत्रको परिक्षामा फेल भएपछि एकमहिनासम्म रोकिएको परिक्षार्थीहरुको आरोप छ। गजुरी गाउँपालिका शिक्षा शाखाका अधिकृत भिमसेन विष्टले विद्यालय व्यवस्थापन समितिले शिक्षक पदपूर्ति समितिको काम अघि नबढाएका कारण एक महिना पुग्नलाग्दा समेत रिजल्ट नआएको र आफूले यस विषयमा केही निर्णयदिन नमिल्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलले समस्या भएकाे धेरै समय भएकाेले छिट्टै समाधान गरिने बताउनुभयाे ।

kir

 

शिक्षक छनौटका लागि विज्ञ बोलाएर व्यवस्थापन समितिका अध्यक्षकैरोहबरमा प्रश्न झिकेर परिक्षा लिइएकोमा परिक्षा नै रोकिएकोमा अभिभावकहरु समेत रुष्ट भएका छन् । विद्यालयका प्रधानाध्यापक दिपेन्द्र भण्डारीले विद्यालयमा शिक्षक नियुक्त गर्न नपाएपछि पढाइ समेत प्रभावित भइरहेको बताउनु भएको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar