दुई छोरासहित आमाले विष खाइन्

दुई छोरासहित आमाले विष खाइन्

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ १८, २०८०

  • 147
    SHARES
दुई छोरासहित आमाले विष खाइन्
Silhouette of a young mother walking and lovingly holding hands with her happy little child, while holding his baby brother, outside in front of a sunset in the sky.

हेटौँडा, १८ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् ।

 

प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।

 

 

झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो । तर, उपचारका क्रममा बिहीबार बिहान छोरा जेनिसका मकवानपुर प्रहरीले जनाएको छ ।

साथै आमा सोनी र अर्काे छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar